Tuesday, September 8, 2026
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित, विधान संशोधन गर्ने प्रतिवद्धता

spot_img

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । खत्रीले मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको पूर्ण समर्थन थियो भने नेपाली कांग्रेस निकट केही व्यवसायीले पनि समर्थन जनाएका थिए ।

मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गरे भने भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका छन् ।

संघको प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी र तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएका छन् । महासचिवमा हरि डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिन्जाली निर्वाचित भएका छन् । संघको कार्यसमिति सदस्यमा १७ जना चुनिएका छन् ।

निर्वाचित भए पश्चात बिजनेश पानासँग कुराकानी गर्दै अध्यक्ष खत्रीले आफूहरुले विधानको प्रावधान संशोधन गर्ने स्पष्ट म्यान्डेट पाएको भन्दै सर्वस्वीकार्य हुने गरी विधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । ‘पदाधिकारीमध्ये दुइ तिहाईले राजीनामा दिए कार्यसमिति स्वतः भङ्ग हुनेछ भन्ने प्रावधान रहेछ, यसमा कार्यसमिति (सदस्यसहित)मध्ये दुइ तिहाईले राजीनामा दिएमा कार्यसमिति भङ्ग हुन्छ भन्ने प्रावधान राख्नुपर्ने छ’ उनले भने, ‘हामी जति पनि निर्वाचित भएर आएका छौँ, सबैले यो प्रावधान संशोधन गर्ने म्यान्डेट पाएका हौँ । यो म्यान्डेट अनुसार अघि बढ्छौँ ।’

उनले वर्तमान सरकारसँग श्रमिक र व्यवसायीको हित हुने गरी वैदेशिक रोजगार ऐन संशोधन गर्न पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन् । ‘नयाँ सरकार मूलतः सुशासन कायम गर्ने म्यान्डेट पाएको सरकार हो, यसकारण हामीले पनि ऐन र नियमहरुमार्फत श्रमिक र व्यवसायीहरुको हित हुन्छ भन्ने अपेक्षा गरेका छौँ’ नवनिर्वाचित अध्यक्ष खत्रीले भने, ‘राज्य, व्यवसायी र श्रमिक सबैको हित हुने गरी ऐन संशोधनका लागि सरकारसँग वार्ता र छलफल गर्छौँ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...