आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार १ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ५ रुपैयाँ तोकिएको छ ।












