Wednesday, September 9, 2026
spot_img

पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्‍याली

spot_img

पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्‍याली निकालिएको छ ।

‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्‍यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

सहभागीहरूले पाथीभरा केवलकार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।

फुङ्लिङ बजार परिक्रमा गरेको र्‍याली वीरन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा विभिन्न सङ्घसंस्था, सरोकारवाला तथा स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिहरूले केवलकार यातायातको साधन मात्र नभई विकासको महत्वपूर्ण पूर्वाधार भएको बताउँदै यसको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेका थिए ।

उनीहरूले केवलकार, जलविद्युत् र सडकजस्ता पूर्वाधारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने भएकाले विकास निर्माणका कार्यमा अवरोध सिर्जना गर्न नहुने धारणा राखेका थिए ।

सभामा वक्ताहरूले परियोजनाको करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गर्दै निर्माण कार्य छिटो सम्पन्न हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए ।

दशकौँदेखि पाथीभरा देवी मन्दिरसम्म पुग्ने केवलकार परियोजनाको चर्चा भए पनि विभिन्न कारणले यसको निर्माणले मूर्त रूप लिन सकेको थिएन । केही वर्षअघि आइएमई समूहले परियोजनाको नेतृत्व लिएसँगै निर्माण कार्य अगाडि बढेको हो ।

निर्माण पक्षका अनुसार पाथीभरा केवलकार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेका बेला परियोजनालाई निरन्तरता दिनुपर्ने मागसहित सद्भाव र्‍याली आयोजना गरिएको जनाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...

नबिल इन्भेष्टमेन्टद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...