Wednesday, May 20, 2026
spot_img

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

spot_img
spot_img

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज जेठ ६ गते बुधबार बिहान शेयर बाँडफाँडको गरेको हो।

कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो । तर २७ लाख ७१ हजार २ सय ५२ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा २ लाख ५१ हजार ५ सय ४५ जनाले शेयर पाएका छन् । शेयर पाउने मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने अन्यले १० कित्ताको दरले शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि सार्वजनिक हुने छ।

धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।

कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन विवाद: अदालतले दुबै पक्षलाई बोलायो

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको...

घट्यो सुनचाँदीको मूल्य

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला...

नियमित काममा फर्किए नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे नियमित काममा...

हिमालयन पावर पार्टनरको हकप्रद भर्ने आज अन्तिम दिन

हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रदमा आवेदन दिने आज जेठ...

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन...

प्रधानन्यायाधीश शर्माले लिए शपथ

संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद...
spot_img