Wednesday, June 10, 2026
spot_img

महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन विवाद: अदालतले दुबै पक्षलाई बोलायो

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको प्रक्रियाविरुद्ध दायर भएको मुद्दामा उच्च अदालत पाटनले दुबै पक्षलाई बोलाएको छ । हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले सोमबार दायर गरेको रिटमा अदालतले बुधबार सुनुवाई गर्दै दूबै पक्षलाई बिहिबार बोलाएको हो ।

रिट निवेदनकर्ता मध्येका एक जनाले अदालतबाट कारण देखाउ आदेश भएको र अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे  छलफल गर्नको लागि दुवै पक्षको लागि बोलाएको जानकारी दिए । आज उच्च अदालतका न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलाशमा यस मुद्दाको सुनुवाई भएको थियो ।

महासंघले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन आगामी शुक्रबार गर्ने निर्णय गरेको छ । त्यसअघि शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका आकांक्षीहरुलाई मनोनय दर्ताको समय पनि सोही दिनलाई तोकिएको छ । यसअघि बैशाख २१ र २२ गते महासंघको ६० औँ साधारणसभा तथा निर्वाचन सम्पन्न भइसकेको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने प्रावधान छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार...

सर्वसाधारणले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

विभागबाट अनुमति पाएका हाइड्रोपावरको अवस्था र प्रगति अध्ययन समितिले प्रतिवेदन बुझायो

विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान...

ई–भिताराको मूल्य घट्यो

नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को...

गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय

गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ ।...
spot_img