Tuesday, May 19, 2026
spot_img

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १० निर्णयहरु

spot_img
spot_img

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मंगलबारको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्चबापत रु २५ हजार एकमुष्ट रुपमा प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

१) नगरपालिका राजश्व अभिवृद्धि परियोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने ।
२) अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने ।
३) काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्चबापत रु २५ हजार एकमुष्ट रुपमा प्रदान गर्ने ।
४) जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैं गर्ने प्रोत्साहित गर्न ५ सदस्यीय भएको प्रति परिवार राहत रकम रु १५ हजार (प्रतिमहिना) र सो भन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप २ हजार प्रतिमहिनाको दरले हाललाई तीन महिनाको दरले हाललाई तीन महिनाका लागि बसोबास खर्च उपलब्ध गराउने ।
५) वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने ।
६) बालबालिका तथा विद्यार्थीको पठनपाठन, तथा विद्यालय र स्वास्थय सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने ।
७) प्रत्यायन नियमावली, २०८३ स्वीकृत गर्ने ।
८) सैनिक सेवा छैटौं सेवा संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने ।
९) नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।
१०)नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार हुनेगरी राजपंत्रागत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान र पदस्थापन गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानन्यायाधीश शर्माले लिए शपथ

संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद...

सुकुम्बासी परिवारलाई मासिक १५ हजार भत्ता, विस्थापित भएकालाई एकमुष्ट २५ हजार

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा...

धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट...

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बन्ने पक्का, नाम अनुमोदन

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त हुने पक्का...

ठूलो लगानी गर्ने भनेपछि अमेरिकाले फिर्ता लियो अडानीको २६ करोड डलरको घुस मुद्दा

अमेरिकाको न्याय विभाग (DOJ) ले भारतीय अरबपति गौतम अडानी...

समस्याग्रस्त घोषणा नभएका सहकारी पीडितले कहिले फिर्ता पाउँछन् पैसा ?

सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई पैसा फिर्ता...
spot_img