Thursday, August 27, 2026
spot_img
spot_img

यस्ता छन् अर्थ मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान महाशाखाले ३ महिनामा गरेका काम

spot_img

अर्थ मन्त्रालयले २०८१ बैशाख महिना देखि २०८१ असार मसान्तसम्म भए गरेका प्रमुख कार्यहरुको सूची सार्वजनिक गरेको छ। जस मध्ये यस अवधिमा वित्तीय क्षेत्र तथा सार्वजनिक संस्थान समन्वय महाशाखाले प्रमुख कार्यमा विभिन्न १२ वटा कार्यको सूची समावेश गरेको छ ।

जसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको कर्मचारी सेवा शर्त (दोस्रो संशोधन) विनियमावली, २०७५ सम्बन्धी मस्यौदा परामर्शका लागि लोक सेवा आयोग पठाइएकोदेखि नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी रू. ६ अर्ब ५ करोड ७६ लाख ७५ हजार कायम गरिएको लगायतका कार्यहरु रहेका छन् ।

यस्ता छन् वित्तीय क्षेत्र तथा सार्वजनिक संस्थान समन्वय महाशाखाले २०८१ बैशाख महिना देखि २०८१ असार मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरु: 

-कृषि विकास बैंक लिमिटेडको कर्मचारी सेवा विनियमावली, २०८० सम्बन्धी मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको ।

-कार्यकारी निर्देशक श्री पर्वत कुमारी कार्कीसँग कार्यसम्पादन सम्झौता गरिएको ।

-नेपाल स्टक एक्सचेन्ज लिमिटेडको कर्मचारी सेवा शर्त (दोस्रो संशोधन) विनियमावली, २०७५ सम्बन्धी मस्यौदा परामर्शका लागि लोक सेवा आयोग पठाइएको ।

-४४ वटा सार्वजनिक संस्थानको वित्तीय प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिइएको ।

-सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा तयार गरिएको ।

-विदेशी मुद्रा विनियम सिफारिश ( प्रशारण) सम्बन्धी कार्यविधी, २०८१ का सम्बन्धमा राय उपलब्ध गराइएको ।

-नियम विपरित घर भाडा लिएको सम्बन्धमा मिति २०८१/०३/०६ मा सबै संस्थान (७४) लाई निर्देशन दिइएको ।

-नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी रू. ६ अर्ब ५ करोड ७६ लाख ७५ हजार कायम गरिएको।

-विभिन्न संस्थान, बोर्ड तथा प्राधिकरणहरूमा सञ्चालक समितिमा रहने सञ्चालकहरू मनोनयन गरिएको ।

-वित्तीय क्षेत्रलाई सुदृढ, समावेशी, सवल एवं प्रभावकारी बनाउन तर्जुमा भएको दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिको मस्यौदा सम्पादन सम्बन्धी कार्य भइरहेको ।

-सार्वजनिक संस्थानहरूमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक मनोनयन गर्ने, लाभांश वितरण, बोनस वितरण, कर्मचारी नियमावली तथा विनियमावली सम्बन्धमा राय तथा परामर्श प्रदान गर्ने गरिएको ।

-अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत निगरानी निकायबाट प्राप्त विभिन्न संस्था र सो संस्थाका पदाधिकारीहरू सम्बद्ध उजुरीहरूको सम्बन्धमा छानविन भइरहेको एवम् तत् तत् निकायमा आवश्यक छानविन तथा रायको लागि अनुरोध गरिएको ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...