Thursday, July 2, 2026
spot_img

भारतीय ईभी स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

spot_img
spot_img

एसटीसी अटो सोलुसनले भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरलाई पोखरामा पनि लन्च गरेको छ । नेपाल भित्रिएको करिब २ महिनामा कम्पनीले पोखरामा एम्पीयर ब्राण्डका स्कुटरहरू पोखरामा पनि लन्च गरेको हो ।

नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री वितरण सुरु गरिएको एसटीसी अटोले जनाएको छ । पोखराको बुद्धचोकमा रहे डीएनबी ट्रेड प्रा. लि.लाई एम्पीयर स्कुटरको आधिकारिक डिलरका रूपमा नियुक्त गरेर शोरुम सञ्चालनमा ल्याएको हो ।

अब यहाँबाट एम्पीयर नेक्सस ईएक्स स्कुटर बिक्री वितरण समेत सुरु भइसकेको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत वर्षदेखि भारतमा विद्युतीय दुईपा ङ ग्रे सवारीसाधन उत्पादन गर्दै आएको छ । ग्रीभ्सको एम्पीयर ब्राण्ड भारतमा बलियो उपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्डमध्ये एक हो ।

एम्पीयरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन, स् टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन् । विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

एम्पीयर स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग गरिएको छ । यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात माइनस डिग्रीदेखि अत्यन्तै तातो डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन् । एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीमा ८ हजार ८७५ किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुनेछ ।

एम्पीयर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण सुरु

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ...

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने भएको...
spot_img