Friday, May 15, 2026
spot_img

करेन्ट चाउचाउ गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन

spot_img
spot_img

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छ । ब्याच नम्बर ०४ए का सबै उत्पादन बजारबाट फिर्ता गर्न निर्देशन दिँदै विभागले बिक्री वितरणमा पनि रोक लगाएको हो ।

विभागले २०२६ फेब्रुअरी २३ मा उत्पादन गरिएका १०० ग्राम तौल भएका करेन्ट चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो । करेन्ट चाउचाउ उत्पादन गर्ने कम्पनी तिलोत्तमा रुपन्देहीस्थित यशोधा फुड्सलाई निर्देशन दिँदै विभागले बजारबाट चाउचाउ फिर्ता गर्न र बिक्री वितरण नगर्न निर्देशन दिएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम संकलन गरिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालू सरकारले तोकेको अनिवार्य गुणस्तरको मापदण्ड अनुसार नपाइएपछि विभागले बजारबाट चाउचाउ फिर्ता गर्न र बिक्री रोक्न निर्देशन दिएको हो । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) बमोजिम उक्त ब्याचका सबै चाउचाउ बजारबाट फिर्ता गर्ने निर्देशन दिँदै सोही दफाको उपदफा ४ अनुसार बिक्री वितरण नगर्न पनि यशोधा फुड्सलाई निर्देशन दिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

नेपाली कांग्रेसको कोषाध्यक्षमा व्यवसायी उमेश श्रेष्ठ मनोनीत भएका छन्...

सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, कुन मन्त्रालयको कति ?

देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब बराबर पुगेको...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको...

एआई र साइबर सुरक्षा सम्बन्धि बेलायतको कोर्स पढाउने टेकपाइलाको औपचारिक सुरुवात

एआई र साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने...

भारतीय ईभी स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

एसटीसी अटो सोलुसनले भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर...

देशको बेरुजु ७ खर्ब ५५ अर्ब

देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको...
spot_img