Thursday, July 2, 2026
spot_img

अपि पावरको दिब्यज्योतिले बनाउने ५० मेगावाटको मर्स्याङ्दीबेसी आयोजनालाई जुट्यो लगानी

spot_img
spot_img

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडद्धारा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ । बुधबार उक्त आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा कम्पनी र बैंकबीच सम्झौता भएको हो।

उक्त आयोजना गण्डकी प्रदेश, लमजुङ जिल्लाको बेसी शहर नगरपालिका तथा मर्स्याङ्दी गाउँपालिका भई बहने मर्स्याङ्दी नदीमा निर्माणाधीन रहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत रु.११ अर्ब ३० करोड रहेकोमा रु.७ अर्ब ५० करोड सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा सह – वित्तीयकरण कर्जा व्यवस्थापन गर्ने गरी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो । रु. ११ अर्ब ३० करोड अनुमानित लागत मध्ये रु.३ अर्ब ८० करोड कम्पनीले स्वपूँजी मार्फत व्यवस्थापन गर्ने छ।

कम्पनीको उक्त आयोजना निर्माण सम्पन्न गर्ने अवधि ४ वर्षको रहेता पनि आगामी ३० महिना भित्रमा काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य अघि बढाईएको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित बिजुली आयोजनाको विद्युत गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको (१३२ केभि क्षमताको) उदिपुर सब-स्टेशनमा लगि राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ ।

आयोजनाको विद्युत खरिद विक्रि सम्झौता नेपाल विद्युत प्राधिकरण र कम्पनीका बिच २०७५ भाद्र १० मा सम्पन्न भएको थियो तथा कम्पनीले विद्युत विकास विभाग, उर्जा मन्त्रालयबाट २०७४ असोज १ गते उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण सुरु

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ...

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने भएको...
spot_img