विपक्षी दलको अवरोधपछि १५ मिनेटको लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलहरुले राष्ट्रपतिबाट सार्वजनिक गरिएको नीति तथा कार्यक्रम संसदमा टेबुल गरेर सो माथिको छलफल गर्ने प्रस्ताव प्रधानमन्त्रीले नै पेश गर्नु पर्ने भन्दै संसद अवरोध गरेका हुन् ।
सभामुख डोल प्रसाद अर्यालले सो छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समय दिएका थिए । लगत्तै विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाह नै संसदमा आएर सो प्रस्ताव पेश गर्नु भन्दै संसद अवरोध गरेका हुन् ।
विपक्षीले प्रधानमन्त्री नआए संसद अघि बढ्न नदिने अडान लिएपछि सभामुखले १५ मिनेटको लागे बैठक स्थगित गरेका हुन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दै गर्दा प्रधानमन्त्री बैठक छोडेर बाहिरिएको विषयमा पनि विपक्षीले जवाफ माग गरेका छन् ।












