Wednesday, May 13, 2026
spot_img

पोखरा र समृद्धि फाइनान्सलाई मर्जरको लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले वैशाख २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

दुवै कम्पनीको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गरेका थिए। सोहि अनुसार राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो।  राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसंगै अब एकिकृत कारोबारको बाटो खुल्ने छ।

दुवै संस्था समान हैसियतमा मर्जरमा जाने भएका हुन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेकोमा दुवै कम्पनीको साधारणसभाले सो स्वापलाई पारित गरेका थिए।

यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो।  राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स नै रहने छ । मर्जर पछि केन्द्रीय कार्यालय पोखरा मै रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँमा रहने छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कर्मचारीले राजनीति गरे जागिर जाने (सूचनासहित)

सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने...

चुचुरोसम्म बाटो बनाइयो, खुल्यो सगरमाथाको आरोहण

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।...

विद्युत् प्राधिकरणको सञ्चालकमा शाही र बसेल नियुक्त

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त...

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायू कुमार श्रेष्ठ

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक...

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...

इन्धन बचत गर्न मोदीले घटाए आफ्नै कारगेड, भएसम्म ईभी गाडी चढ्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत...
spot_img