Wednesday, May 13, 2026
spot_img

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७४३०० जनाले पाए शेयर

spot_img
spot_img

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बुधबार बिहान शेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म आम सर्वसाधारणलाई  १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल २९ लाख ८२ हजार ४ सय ९८ जनाको आवेदन परेको थियो । जस मध्ये २९ लाख ३८ हजार ८२ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार गोलाप्रथाबाट १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।

यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...

इन्धन बचत गर्न मोदीले घटाए आफ्नै कारगेड, भएसम्म ईभी गाडी चढ्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत...

बुट मोडलमा ४ वटा हाइड्रो आयोजना बनाउन ७ कम्पनी सर्टलिस्ट, कुन-कुन परे ?

विद्युत विकास विभागले बुट मोडलमा विभिन्न ४ वटा हाइड्रोपावर...

इप्पान महासचिवमा मिथुन पौडेलको उम्मेदवारी घोषणा, संगठन विस्तार र पुनर्संरचनाको एजेण्डा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको आसन्न निर्वाचनमा महासचिव पदमा...

प्रधानमन्त्री खोज्दै विपक्षीद्वारा संसद अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

विपक्षी दलको अवरोधपछि १५ मिनेटको लागि प्रतिनिधिसभा बैठक स्थगित...
spot_img