विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ६२१.९७ प्रतिशतले बढेर ७ करोड १० लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ९८ लाख ४५ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५१.०५ प्रतिशतले बढेर १३ करोड ८१ लाख पुगेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च ५४.११ प्रतिशतले घटेर १ करोड ७६ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, तथा ब्याज खर्च घटेको लगायतका कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १०.४३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०९.६४ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ९० करोड ९१ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ८ करोड ७५ लाख रहेको छ ।
कम्पनीले गोरखामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन १७ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।












