Tuesday, May 12, 2026
spot_img

८६.३० प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा, ईपीएस १३.७६ रुपैयाँ

spot_img
spot_img

अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ८६.३० प्रतिशतले बढेर ६५ करोड ८५ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ३४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब १९ करोडबाट बढेर १ अर्ब ३० करोड पुगेको छ । कम्पनीको संचालन मुनाफा ८७ करोड ७६ लाखबाट बढेर १ अर्ब ८ करोड पुगेको छ। कम्पनीको ब्याज खर्च ४५ करोड ८८ लाखबाट घटेर ३१ करोड ८५ लाख कायम भएको छ। कम्पनीको प्रशासनिक खर्च ३ करोड २७ लाखबाट घटेर २ करोड ३४ लाखमा सिमित भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, ब्याज खर्च घटेको, प्रशासनिक खर्च घटेको लगायतका कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १३.७६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११५.३२ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने रिटेन अर्निंगमा ९७ करोड ७६ लाख रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शक्तिशाली अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुँदै, विश्वकै नजर बेइजिङमा

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच महत्वपूर्ण...

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पुनः पेश हुने...
spot_img