राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गरेका छन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति राम चन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रमले पुँजीबजारलाई विशेष प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममा पुँजीबजारसँग समबन्धित ४ वटा बुँदा समावेश भएका छन् ।
१. पुँजीबजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरुप विकास गरिने छ ।
२. धितोपत्र नियमन, नेप्से तथा क्लियरिंग प्रणालीको पुन: संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने छ ।
३. ऋणबजार, बन्ड बजार, पूर्वाधार बन्ड, जोखिम व्यवस्थापन उपकरण विकास गरि दिर्घकालिन पुँजी निर्माण गरिने छ ।
४. वैकल्पिक विकास वित्त, डायसपुरा पुँजी र निजी लगानी परिचालन गरि पूर्वाधार वित्तपोषणको नयाँ मोडल लागु गरिने छ ।












