Monday, May 11, 2026
spot_img

संसदमा पेश भए आठवटै अध्यादेश

spot_img
spot_img

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरु आज संसदमा पेश भएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यसबीचमा जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ अध्यादेश पेस गरेकी हुन्।  मन्त्री गौतमले नै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ पनि पेस गरिन्।

बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ पेस गरे। यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ पेस बैठकमा गरे।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ बैठकमा पेस गरे।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

९ महिनामै भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, चैतमै आयो २०९ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...

जेएसडब्लु एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनबीच साझेदारी, थापाथलीमा शोरुम स्थापना

जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारीमार्फत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम...

कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य ठहरिने !

सरकारले कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य बनाउने गरी...

नेपालको पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’का रुपमा ब्राण्डिङ गरिने

सरकारले नेपाली पानीलाई अन्तर्राष्ट्रि स्तरमा ब्राण्डिङ गर्ने घोषणा गरेको...

२०८५ लाई ‘भिजिट नेपाल वर्ष’का रुपमा मनाइने, ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

सरकारले वर्ष २०८५ लाई ‘भिजिट नेपाल वर्ष’को रुपमा मनाउने...
spot_img