आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार २६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ४४ रुपैयाँ तोकिएको छ ।












