Thursday, June 25, 2026
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

spot_img
spot_img

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शनिबार जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा उक्त व्यवस्था गरिएको छ ।

उक्त दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । उक्त अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज सार्वजनिक गरेको हो । सो अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । नेपाल राजपत्रमा प्रकाशित भएसंगै दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।

प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो ।

सो अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img