Thursday, June 25, 2026
spot_img

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

spot_img
spot_img

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । उनले आज आइतबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

त्यस्तै राष्ट्रपति पौडेलले  संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३ भने सरकारलाई फिर्ता गरिदिएका छन् । अध्यादेश,को विषयबस्तुका सन्दर्भमा पुनर्विचार गर्न उनले अध्यादेश सरकारलाई फिर्ता गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि  मिति २०८२।०३।२५ मा पेश भएकोमा सन्देशसहित उक्त विधेयक फिर्ता पठाईएको, तत्कालीन मन्त्रिपरिषद्को मिति २०८२।०८।०२ को निर्णयबमोजिम प्राप्त भएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी नभएकोसमेत स्मरण गराउँदै सम्वत् २०८३।०१।१४ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३ को विषयबस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता गरिएको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img