Thursday, June 25, 2026
spot_img

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

spot_img
spot_img

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले वैशाख १४ गते आवेदन दिएको हो ।

कम्पनीले साधारणसभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेपनि अहिले भने अंकित मूल्य आईपीओ निष्काशन गर्ने गरि बोर्डमा आवेदन दिएको छ। कम्पनीले १० करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति माग गरेको हो।  कम्पनीले आईपीओ निष्काशनको लागि  नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यस कम्पनीले आवासीय, व्यावसायिक, औद्योगिक र संस्थागत परिसरसँग सम्बन्धित वास्तुकला परियोजनाहरूका लागि आधुनिक नवीनतम प्रविधि र अभ्यासहरू प्रयोग गरी कंक्रीट इन्टरलकिङ पेभर्स, केर्बस्टोन, प्याभिङ स्ल्याब, कंक्रीट ब्रिक्स र होलो ब्लकजस्ता उच्च ग्रेडको कंक्रीट ल्यान्डस्केपिङ उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

यस कम्पनीका अध्यक्ष मनिष रुंगटा हुन् भने अन्य संचालकहरुमा गौरव अग्रवाल, राजेश कुमार अग्रवाल, मनोज कुमार केडिया, राजेश जटिया, र आकाश जटिया रहेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...
spot_img