Thursday, July 2, 2026
spot_img

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

spot_img
spot_img

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी साझेदारी (PPP मोडल)मा अहिलेसम्म कै ठूलो प्रसारणलाइन निर्माण गर्ने भएको छ। कम्पनीले पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) ४०० केभी प्रसारणलाइन निर्माणको तयारी गरेको हो ।

यस प्रसारणलाइनको लम्बाई १४५ किलोमिटर हुने छ भने प्रसारणलाइन मार्फत २५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ। कम्पनीले यस प्रसारणलाइन आयोजना निर्माण गर्नको लागि २०८२ पुस २३ गते इच्छुक स्वदेशी लगानीकर्ता समक्ष प्रस्ताव आह्वान गरेको थियो। जसमा ८ कम्पनीको आशयपत्र छनौट भएको थियो। आशयपत्र छनौट हुनेमा समृद्धि इनर्जी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी, सिउरी न्यादी पावर लिमिटेड, माता मालिका इनर्जी मल्टिपल प्रालि, सुर्मा सरोवर हाइड्रोपावर प्रालि, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, र चैनपुर सेती जलविद्युत कम्पनी लिमिटेड रहेका थिए।

ति कम्पनीको प्राविधिक र आर्थिक प्रस्तावपछि प्रसारणलाइन आयोजनामा लगानी गर्नको लागि ५ कम्पनी छनौट भएका छन् । आयोजनामा लगानीको लागि छनौट हुने कम्पनीहरुमा चिलिमे जलविद्युत कम्पनी, चैनपुर सेती जलविद्युत कम्पनी, समृद्धि इनर्जी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, र सिउरी न्यादी पावर लिमिटेड रहेका छन् । यी मध्ये चिलिमे र चैनपुर सेती सरकारी लगानीकर्ता रहेका कम्पनी हुन्।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले यी कम्पनीलाई लगानी सम्झौता गर्न आउनको लागि पत्राचार गरिसकेको छ ।  वैशाख महिना भित्रै लगानी सम्झौता गरिने, लगत्तै कम्पनी स्थापना गरिने र ठेक्का प्रक्रियाको कार्य सुरु गरिने राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले जानकारी दिए ।

सीइओ श्रेष्ठका यस प्रसारणलाइन निर्माणको लागि एउटा छुट्टै स्पेसल पर्पज भेईकल (SPV) कम्पनी स्थापना हुने छ। यस प्रसारणलाइन निर्माणको लागि अनुमानित लगातार २० अर्ब रहेको छ। जस मध्ये ३० प्रतिशत इक्विटी र बाँकी ७० प्रतिशत ऋण मार्फत जुटाइने छ।

इक्विटीको ३० प्रतिशत मध्ये राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको नेतृत्वमा लगानी हुने छ। जसमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले २६ प्रतिशत, चिलिमे जलविद्युत कम्पनी र चिलिमे कै सहायक कम्पनी चैनपुर सेती (चिलिमे सेती) जलविद्युत कम्पनीले समान १२.५ प्रतिशत लगानी गर्ने छन् । यसरी इक्विटीको ५१ प्रतिशत रकम सरकारी लगानीकर्ताको हुनेछ।

निजी क्षेत्रको बाँकी ४९ प्रतिशत लगानी हुने छ। जसमा समृद्धि इनर्जीको ३५ प्रतिशत, ङादी ग्रुप पावरको ७.१० प्रतिशत र सिउरी न्यादी पावर लिमिटेडको ६.९० प्रतिशत लगानी रहने छ। यी ३ वटै कम्पनी उद्यमी शैलेन्द्र गुरागाईं नेतृत्वको कम्पनी हो।

यो प्रसारणलाइन सुदूरपश्चिम प्रदेश, बझाङ्ग जिल्ला, जयपृथ्वी नगरपालिका-१, हम्मरसेनको स्थित चैनपुर सबस्टेशन हुदै डोटी जिल्ला, शिखर नगरपालिका- १०, बनलेक सबस्टेशन हुदै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका-३ को दोदोधारा सबस्टेशन सम्म हुने छ । प्रसारणलाइन अन्तर्गत चैनपुरमा १६० MVA क्षमताको र बनलेकमा ३१५ MVA क्षमताको सबस्टेसन रहने छ ।

यस प्रसारणलाइनमा ३० वटा जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोडिने छ। जस मध्ये ८ वटा आयोजनाले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीसँग ग्रिड कनेक्सन सम्झौता पनि गरिसकेका छन् । भारतको एनएचपीसी लिमिटेडले निर्माण गरिरहेको ८०० मेगावाटको पश्चिम सेती आयोजनाको बिजुली पनि यसै प्रसारणलाइनमा जोडिने छ। त्यस्तै समृद्धि इनर्जीले निर्माण गर्ने २१६ मेगावाटको बझांग अपर सेती आयोजना, चैनपुर सेती कम्पनीले निर्माण गर्ने २१० मेगावाटको चैनपुर सेती आयोजना, र चिलिमेले निर्माण गर्ने ८७ मेगावाटको सेती नदी ३ आयोजनाको बिजुली पनि यसै प्रसारणलाइनमा जोड्नको लागि ग्रिड कनेक्सन सम्झौता भैसकेको छ।  विद्युत उत्पादन कम्पनीले निर्माण गर्ने १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त आयोजनाको बिजुली पनि यहि प्रसारणलाइनमा जोड्ने गरि प्रस्ताव गरिएको छ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले यस अघि पीपीपी मोडलमा २२० मेगावाट क्षमता तमोर ढुंगेसाँघु प्रसारणलाइन आयोजना अघि बढाईसकेको छ। जुन ३२ किलोमिटर लम्बाईको छ। अहिले निर्माण गर्न लागिएको पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) ४०० केभी प्रसारणलाइन भने यस अघिको भन्दा लामो र बढी क्षमताको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...
spot_img