सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा बढाइएको हो ।
यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीस्तरको निर्णयबाट सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हो । विभागले अन्तर प्रदेशस्तरीय भाडा ५ प्रतिशत बढाउन मन्त्रालयमा सिफारिस गरेको हो ।
उनका अनुसार वृद्धि भएको भाडा यात्रुवाहक सार्वजनिक यातायात र ढुवानीका साधनमा दुबैमा लागू हुनेछ ।













