Thursday, July 2, 2026
spot_img

हाइड्रो व्यवसायीलाई चुनाव लाग्यो, वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी

spot_img
spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)भित्र चुनावी माहोल क्रमशः बढिरहेको छ । जेठ २९ गते साधारणसभा र निर्वाचनको मिति तोकिएपछि अहिले अध्यक्षबाहेकका पदमा आकांक्षीहरु खुलिरहेका छन् । इप्पानको आगामी अध्यक्ष हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः हुँदैछन् ।

अहिले वरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव पदका आकांक्षीहरु खुल्दैछन् । सदस्यका आकांक्षी पनि बढिरहेका छन् ।

हालसम्म वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन, भरत खत्री, हिम पाठक र प्रकाश दुलाललाई आकांक्षीका रुपमा हेरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा पनि ७ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । उत्तर कुमार श्रेष्ठ, बलराम खतिवडा, सुशन कर्माचार्य, बिक्रम विष्ट, कविता कँडेल, विजय मोहन भट्टराई लगायतले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । इप्पानमा ५ जना उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ ।

‘यदि अहिले वरिष्ठ उपाध्यक्षका ४ जना आकांक्षीमध्ये अन्तिममा २ जनाबीच मात्रै प्रतिस्पर्धा हुने भयो भने बाँकी २ जना पनि उपाध्यक्षमै प्रतिस्पर्धा गर्ने हुन्’ इप्पान स्रोत भन्छ, ‘त्यसकारण उपाध्यक्षमा ८÷९ जना आकांक्षी पुग्न सक्छन् ।’
यस्तै, महासचिवमा हालसम्म टीएन आचार्य र मिथुन पौडेलको चर्चा छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध हुने सम्भावना रहेको बताइन्छ । सचिव पनि ५ जना निर्वाचित हुनेछन् ।

सदस्यहरु १० जना (३ महिलासहित) निर्वाचित हुने प्रावधान रहेकोमा २० जना जति आकांक्षी देखिएका छन् । ‘कार्यसमितिमा प्रवेश गर्दा सदस्यबाटै गर्नुपर्ने प्रावधान रहेकाले अहिले जलविद्युत र ऊर्जा क्षेत्रका हाइप्रोफाइल व्यक्ति र ग्रुपहरुबाट सदस्यमा उम्मेदवारी पर्ने देखिएको छ’ स्रोत भन्छ ।

इप्पानले साधारणसभा प्रयोजनका लागि नयाँ सदस्यतासमेत खुला गरेको छ । जेठ १५ गतेसम्म सदस्यता प्राप्त गर्ने कम्पनीहरु (सदस्यहरु)ले मतदानसमेत गर्न पाउनेछन् । हाल इप्पानमा जलविद्युत र सोलार कम्पनी गरेर कुल ६ सय सदस्य छन् ।

डाँगीको समर्थन कसलाई ?
हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी विधानको प्रावधान अनुसार अब आगामी ३ वर्षका लागि इप्पानको अध्यक्ष बन्दै छन् । अहिले विभिन्न पदका आकांक्षीहरु उनलाई भेट्न र समर्थन गरिदिन अनुरोधसहित पुग्ने गरेका छन् । तर, डाँगीले ‘म स्वतः अध्यक्ष हुँदैछु, मैले कसैलाई पनि यो मेरो उम्मेदवार हो, यो मेरो होइन भनेर भन्न मिल्दैन । मैले यो भन्न थाले भने संस्थाभित्र एकता हुँदैन’ भन्दै आफू तटस्थ बस्ने बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...
spot_img