चालु आर्थिक वर्ष २०८२/०८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ ।
गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो ।
कार्यालयले चालु आर्थिका वर्षका हालसम्मका वास्तविक तथ्यांक र बाँकी अवधिका अनुमानका आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।













