Monday, April 27, 2026
spot_img
spot_img

पुरानो गाडीसँग साटेर नयाँ प्रोटोन लैजाने अवसर

spot_img
spot_img

नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म (२६–२८, अप्रिल २०२६) नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई.मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार, यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो । विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै, ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास रहेको छ ।

नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा लागू हुने यस योजनाबाट ग्राहकहरूले सीमित अवधिसम्म विशेष लाभ लिन सक्नेछन् । साथै अन्य थप जानकारीका लागि नजिकैको प्रोटोन शोरुममा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

Citizens Super 50 फण्ड संचालन गर्दै सिटिजन्स क्यापिटल, बोर्डसँग माग्यो अनुमति

सिटिजन्स क्यापिटलले Citizens Super 50 नामक सामुहिक लगानी कोष...

नर्भिक हस्पिटल आईपीओ: QII ले वैशाख २१ गतेभित्रमा आशय पत्र पेश गर्नुपर्ने

बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको नर्भिक...

एमभी दुगड ग्रुप अन्तर्गतको ग्लोबल हाइड्रोपावरले माग्यो आईपीओ निष्काशन अनुमति

ग्लोबल हाइड्रोपावर एशोशियटले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

सीजीले सार्वजनिक गर्‍यो किङलङको १६ सिटर ईभी माइक्रो, मूल्य कति ?

सीजी मोटर्सले किङलङ १६ सिटर इलेक्ट्रिक माइक्रो सार्वजनिक गरेको...

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसँग ‘एमआरपी’ स्टिकर टाँस्ने बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भन्सार विभागका महानिर्देशक श्याम...

महँगो लागतले डिजेल-पेट्रोल गाडीलाई ईभी बनाउन इच्छुक छैनन् व्यवसायी, खोजे छुट सुविधा

सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न...
spot_img