Thursday, April 23, 2026
spot_img
spot_img

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको विवादलाई ‘मध्यमार्गी बाटो’बाट टुङ्ग्याएको छ । बुधबार अपरान्ह १ बजेदेखि करिब ८ घण्टा चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १८ वटा वस्तुगत संघ तथा महासंघको सदस्यता सम्बन्धि विवादलाई मध्यमार्गी बाटोबाट सुल्झाएको हो ।

बैठकले उच्च अदालत पाटनको मंसिर १६ गतेको आदेश अनुसार १८ वटा संघहरुको सदस्यता खारेज गर्दै नयाँ प्रक्रियाबाट सदस्यता दिने निर्णय गरेको हो । यसअनुसार खारेजीमा परेका १८ वटा संघलाई विधान अनुसार प्रक्रिया पूरा गराएर सदस्यता दिइनेछ । तर बैशाख २१ र २२ का लागि तय भएको महासंघको साधारणसभा र चुनावमा भने उनीहरुले मतदान अधिकार पाउने छैनन् । यद्यपी, उनीहरुले साधारणसभामा पर्यवेक्षकका रूपमा सहभागिता जनाउन भने पाउनेछन् ।

बुधबार लामो समय चलेको बैठकमा सदस्यता दिने र नदिने पक्षबीच तीव्र मतभेद देखिएको थियो । तर, मध्यमार्गी बाटोमार्फत दूबै पक्षलाई समेट्ने गरी निकास निकालिएको हो ।

बैठकमा १८ मध्ये ७ वटा संघहरुले उच्च अदालत पाटनमा दर्ता गरेको निवेदन र सर्वोच्च अदालतमा दर्ता गरेको रिट फिर्ता लिने सहमति भएको छ । नयाँ सदस्यहरूले पनि अब अदालत नजाने सहमति भएको छ । यससँगै निर्धारित मितिमै साधारणसभा हुने देखिएको छ ।

यसअघि महासंघको सदस्यता विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनले सदस्यता विवाद टुङ्ग्याएर मात्रै साधारणसभा गर्न निर्देशन दिएपछि गत चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा स्थगित भएको थियो । साथै, एउटा मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।

हालै मात्रै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा नेतृत्वको सदस्यता सिफारिस समितिले मापदण्ड नपुगेको भन्दै १८ संघलाई सदस्यता दिन नसकिने रायसहितको प्रतिवेदन पनि बुझाएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img