चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे १२ खर्ब रुपैयाँ नाघेको छ । साउनदेखि चैत सम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार नेपालले ९ महिनामा १२ खर्ब ६७ अर्ब ५६ करोड ब्यापार घाटा ब्यहोरेको हो ।
यस अवधिमा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने २ खर्ब २२ अर्बमा सिमित भएको छ ।
गत आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा ११ खर्ब २१ अर्ब थियो । यस वर्षको सोही अवधिमा ब्यापार घाटा १३.०४ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षको यस अवधिमा १ खर्ब ८८ अर्बको निर्यात भएकोमा यसपाली निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब पुगेको छ ।













