Monday, April 20, 2026
spot_img
spot_img

१३.१७ अंकले घट्यो शेयरबजार, १५ प्रतिशतले बढ्यो ४ कम्पनीको शेयर

spot_img
spot_img

आज सोमबार शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक १३.१७ अंकले घटेर २८२५.२३ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार ३ सय ७० कितात शेयर खरिद बिक्रीबाट ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २ सय ७६ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।  जस मध्ये होटेल फरेस्ट इनको सर्वाधिक ३६ करोड १ लाखको कारोबार भएको छ भने सोलु हाइड्रोपावरको २९ करोड ८१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये ४ कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ।  शेयर मूल्य अधिकतम १५ प्रतिशतले घटबढ हुनसक्ने नियम आजदेखि नै लागु भएको हो। आज सूर्यकुण्डको हाइड्रो र होटेल फरेस्ट इनको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। झापा इनर्जीको शेयर मूल्य ११.८८ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका मध्ये दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ५.३५ प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका मध्ये होटेल समूह बाहेकका सबै समुहगत सूचक घटेका छन् । होटेल समूह १.०१ प्रतिशतले बढेको छ। आज बैंकिंग समूह, लगानी समूह र उत्पादन तथा प्रशोधन समूह समान ०.८४ प्रतिशतले घटेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...

स्थानीयलाई स्नो रिभर्सको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए ९७० कित्तासम्म शेयर

स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...
spot_img