Saturday, June 27, 2026
spot_img

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई हेर्ने सरकारी र आम सर्वसाधारणको दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायी भनेको नाफामुखी मात्रै हुन्छन् भन्ने सरकारी र सर्वसाधारणको धारणामा परिवर्तन आउनु आवश्यक रहेको बताएका हुन् ।

देशको कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र प्रतिको धारणा नै परिवर्तन हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि महासंघले सरकारसँग निरन्तर पहल गरिरहेको पनि बताए ।

उनले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेको भन्दै आफूले त्यहीँ सम्भावना देखेर सबैभन्दा ठूलो पर्यटन पूर्वाधार परियोजनाका रुपमा केबलकार परियोजना अघि बढाएको पनि बताए । बडिमालिका, रामारोशन जस्ता धार्मिक पर्यटकीय गन्तव्यबाटै सुदूरपश्चिमको समृद्धि सम्भव हुने पनि बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img