आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने निर्देशन जारी गरेको छ ।
यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि यस्तो व्यवस्था रहँदै आएकोमा अब भने २० करोड नाघ्नासाथ विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको हो । विभागले बैशाख ४ गते नयाँ निर्देशन जारी गर्दै २५ करोडको सीमालाई २० करोडमा झारेको हो ।
‘कारोबारको प्रकृति अनुसार उपभोक्ता÷ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंक÷वित्तीय संस्था जस्ता निकायहरू बाहेक वार्षिक कारोबार २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्नेछ’ विभागको सूचनामा भनिएको छ ।













