Friday, April 17, 2026
spot_img
spot_img

बैङ्किङमै फर्किंदै तारा मानन्धर, मुक्तिनाथ विकास बैंकको सीइओ नियुक्त

spot_img
spot_img

मुक्तिनाथ विकास बैंकको  प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले मानन्धरलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल बैंकको सीइओ रहेका प्रद्युमन पोखरेलको कार्यकाल यहि वैशाख मसान्तमा सकिँदै छ। त्यसपछि जेठ १ गतेबाट मानन्धर सीइओ हुने छन्।  स्याङ्गजा स्थायी ठेगाना भई हाल काठमाडौँ टोखा निवासी मानन्धरलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ।

हाल उनी डिस मिडिया नेटवर्कको सीईओ छन् । उनी २०८१ वैशाख ३ गतेदेखि डिस मिडिया नेटवर्कको सीइओ भएका हुन् ।

मानन्धर डिस मिडिया नेटवर्कमा आवद्द हुनु अघि बैंकिंङ क्षेत्र मै थिए । अब फेरि उनी बैंकिंङ क्षेत्र मै फर्किन लागेका हुन्। उनीसँग बैंकिंङ क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ। उनी यस अघि मुक्तिनाथ विकास बैंककै डेपुटी सीइओ पनि थिए। साविकको नेपाल बंगलादेश बैंकबाट बैंकिंग करियर सुरु गरेका उनीसँग यस अघि साविकको एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, साविकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, प्राइम कर्मर्शियल बैंक लगायतका बैंकमा काममा गरेको अनुभव छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उच्च शिक्षामा लगानी बढाउन दबाब दिँदै विद्यार्थीले सुरु गरे ‘भिक्षा देही’ अभियान

काठमाडौँस्थित त्रिचन्द्र कलेजका विद्यार्थीहरूले सरकारलाई उच्च शिक्षामा लगानी बढाउन...

अब राजस्व बुझाएको २४ घण्टामै लाइसेन्स पाइने, आजदेखि लागू

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती...

टक्सार पिखुवा खोला हाइड्रोको पहिलो चरणको आईपीओ बाँडफाँड, कसले कति पाए ?

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको...

बाटोमै झिकिन्छन् आयात गरिएका नयाँ गाडीका पार्टपुर्जा, ठगिँदै उपभोक्ता

रसुवागढी भन्सार कार्यालयको वरीपरी गाडीहरु (कारसमेत) असरल्ल छोडिएका छन्...

तोलामा ३ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला...
spot_img