आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ९८ रुपैयाँ तोकिएको छ ।













