सर्वोच्च अदालतले कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चले बिहीबार उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । खड्काको तर्फबाट श्रमति बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।
सरकारले संखुवासभाका खड्कालाई सम्पत्ति शुद्धीकरण कसूर पक्राउ गरी हिरासतमा राखेको थियो ।












