प्रक्रिया नपुगी सदस्यता दिइएको भन्दै खारेजीमा परेका नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत संघ तथा महासंघले सदस्यता कायम गरी पाऊँ भन्दै महासंघमा निवेदन दर्ता गराएका छन् । निवेदकहरुले उच्च अदालतले पौष १६ मा प्रक्रिया पुरा गरेर सदस्यता दिनु भन्ने आदेश दिएको भएपनि त्यस अनुसार प्रक्रिया अघि नबढाई आफूहरु पुनः अदालत गएको र अदालतले पूरानो आदेश बमोजिमको निर्णय नगरी साधारणसभा नगर्न आदेश दिएको स्मरण गराउँदै आफूहरुलाई सदस्यता प्रदान गर्न अनुरोध गरेका छन् ।
‘सम्मानित अदालतको आदेशपश्चात निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु स्थगित रहेको अवस्थामा अदालतको आदेश बमोजिम सदस्यता प्रदान नगरी महासंघको पदाधिकारी बैठकको निर्णय भनी पुनः साधारणसभाको मिति तोकिएको जानकारी संस्थाको वेबसाइटमार्फत प्राप्त हुनु अत्यन्तै खेदजनक छ’ महासंघमा निवेदन दिएका १८ वटा संघहरुले भनेका छन्, ‘सम्मानित अदालतबाट पटकपटक भएको आदेशको कार्यान्वयन नगरी साधारणसभा सम्बन्धि गतिविधि अगाडि बढाउनु अदालतको अवहेलना हुनुको साथै पूर्ण रुपमा गैरकानुनी हो भन्ने हाम्रो स्पष्ट ठहर छ ।’
निवेदकहरुले महासंघको २०८१ साल फागुन २६ को निर्णय अनुसार आफूहरुको सदस्यता सम्बन्धि निर्णय गरेर मात्रै साधारणसभा सम्बन्धि काम अघि बढाउन भनेका छन् ।
यी हुन् निवेदन दिने संघ तथा महासंघहरुः
१) एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्यिट्सन अफ नेपाल, सातदोबाटो ललितपुर
२) नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नयाँ बानेश्वर काठमाडौं
३) नेपाल यर्सागुम्बा संघ, सुकेधारा काठमाडौं
४) एएसी ब्रिक उत्पादक संघ, टेकु काठमाडौं
५) नेपाल कागज उत्पादक संघ, काठमाडौं वडा नं. १४
६) नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासंघ, सातदोबाटो ललितपुर
७) नेपाल किवी उत्पादक तथा व्यवसायी संघ, विर्तामोड झापा
८) नेपाल वेसार संघ, गोकर्णेश्वर काठमाडौं
९) नेपाल कोदो तथा फापर संघ, काठमाडौं वडा नं. ३२
१०) उर्जा उत्पादक संगठन, नेपाल काठमाडौं वडा नं. २९
११) नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ बिर्तामोड झापा
१२) नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ, हात्तिसार काठमाडौं
१३) नेपाल छुर्पी व्यवसायी संघ, धुलाबारी मेची
१४) नेपाल सुन्तला एंव कागती संघ, बुढानिलकन्ठ काठमाडौं
१५) प्लाष्ट नेपाल फाउण्डेशन टेकु काठमाडौं
१६) नेपाल सिङगिंङ बाउल संघ, ठमेल काठमाडौं
१७) नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ, ललितपुर
१८) नेपाल वितरक महासंघ, कोटेश्वर काठमाडौं
यसैबीच महासंघमा बुझाइएको निवेदनमा नेपाल वितरक महासंघ, एएसी ब्लक उत्पादक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युशन अफ नेपालका प्रतिनिधिको भने हस्ताक्षर छैन ।













