शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफु र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
जस अनुसार उनले आफ्नो आमाको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा घर रहेको बताएका छन् । यी दुई घरको हालको अनुमानित मूल्य ९ करोड रहेको उनको भनाई छ।
त्यस्तै उनले विभिन्न ५ ठाउँमा आफ्नो परिवारको नाममा जग्गा रहेको र हालको अनुमानित मूल्य ११.५ करोड बराबर रहेको उल्लेख गरेका छन् । उनले २५ तोला र १०० तोला चाँदी रहेको बताएका छन् । उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार नगद रहेको बताएका छन् ।
उनले आफ्नो आमा र बुबाको नाममा कुल १ करोड ७६ लाख बराबरको विभिन्न कम्पनीको शेयर र बचतपत्र रहेको बताएका छन् । उनले आफ्नो परिवारको कुल सम्पत्ति २४ करोड १६ लाख बराबरको रहेको र खुद सम्पत्ति २३ करोड ४१ लाख बराबरको रहेको उल्लेख गरेका छन् ।












