प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको विवरणमा उनले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको उल्लेख गरेका छन् । यो रकम फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक संजालबाट आएको बताएका छन् ।
बालेनले सामाजिक संजालमा रहेका आफ्ना फलोवरलाई पनि सम्पत्तिको रुपमा उल्लेख गरेका छन् । त्यस्तै उनले पत्नी सविना काफ्लेसँग १९० तोला गहना रहेको र त्यो पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो आमाको नाममा काठमाडौँ र धनुषामा घर र बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको बताएका छन् ।












