अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १६ औं र १७ औं साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आज चैत्र २९ गते आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को साधारणसभा सम्पन्न गरेको हो।
सभाले सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै लेखापरीक्षणको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह, लेखाङ्कन नीति सहितको वित्तीय विवरण, स्वामित्व अंशमा भएको परिवर्तन पारित भएको छ।
विशेष प्रस्ताव अन्तर्गत सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७९/८० तथा २०८०/८१ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गरेको छ।












