प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले श्रम र उद्योग मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका हुन्। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
यसअघि बिहिबार मात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्रीले पदमुक्त गरेका थिए ।













