नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्बन्धि कार्यहरु स्थगित गरिएको छ । महासंघको निर्वाचन समितिले उच्च अदालत पाटनको आदेश अनुसार निर्वाचनका कार्यक्रम स्थगित गरेको हो ।
मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलसहित निर्वाचन अधिकृतहरु चन्द्रमणी निरौला र सुमन कुमार केसीले निर्वाचन समितिको तर्फबाट सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि चैत १२ गते प्रकाशित निर्वाचन कार्यक्रम तालिका बमोजिमका निर्वाचनका कार्यहरु स्थगित गरिएको जानकारी गराएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभाको केन्द्रीय कार्यकारणी समितिकिो निर्वाचन प्रयोजनको लागि निर्वाचन समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो । तर, चैत २६ मा उच्च अदालतले महासंघको साधारणसभा रोक्न आदेश दिएपछि निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।












