Sunday, June 28, 2026
spot_img

महासंघको साधारणसभा र निर्वाचन रोक्न अदालतको आदेश

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र चुनाव रोकिने भएको छ । उच्च अदालतले तत्कालका लागि साधारणसभा र चुनाव रोक्न आदेश दिएको हो ।

आज उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर के. सी. र दीपक खनालको संयुक्त इजलाशले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासंघको ६०औँ साधारणसभा र निर्वाचन तत्कालका लागि रोकिएको हो । चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासंघ, महासंघको कार्यकारणी समिति, महासंघको सदस्यता समिति र महासंघको निर्वाचन समितिलाई विपक्षी बनाईएको थियो।

यस मुद्दामा चैत्र २३ गते न्यायधीश स्वीकृति पराजुलीको एकल इजलाशले कारण देखाउ आदेश र अल्पकालिन अन्तरिम आदेश जारि हुने आदेश दिएको थियो। आज चैत्र २६ गते सोहि आदेशले निरन्तरता पाउने गरि अन्तरिम आदेश जारी भएको हो ।

के हो विवाद ?

महासंघले सदस्यता समितिको सिफारिस र विधान विपरित १८ वटा संघहरुलाई सदस्यता प्रदान गरेको भन्दै नेपाल पोल एसोसियशनका अध्यक्ष किशोर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । २०८१ साल फागुन २३ गते महासंघको सदस्यता समितिको बैठक बसेर वस्तुगत सदस्यता प्राप्तीका लागि १९ वटा निवेदन आएको र त्यसमध्ये ‘फोरम हेल्थ एण्ड टेक्निकल साइन्स’ मात्रै योग्य रहेको भन्दै उसलाई सदस्यता दिनका लागि महासंघको कार्यकारिणी समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, फागुन २३ को सदस्यता समितिको सिफारिस विपरित फागुन २६ गते कार्यकारिणी समितिले निवेदन दिएका सबैलाई वस्तुगत सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि महासंघ, महासंघका अध्यक्ष चन्द्र ढकाल, कार्यकारिणी समिति र सदस्यता समिति समेतलाई विपक्षी बनाएर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । २०८१ साल चैत ११ गते दायर रिटमा अदालतले चैत १२ गते नै कारण देखाउ आदेश जारी गर्दै दूबै पक्षलाई छलफलमा बोलाएको थियो ।

यसपछि विभिन्न मितिमा १६ पटक पेशी तोकियो । पौष १६ गते तोकिएको १७औँ पटकको पेशीमा भने अदालतले अन्तिम फैसला गर्दै निवेदकको माग बमोजिम अदालतले १८ वटा संघहरुको वस्तुगत सदस्यता खारेज गरिदिएको हो । अदालतले सदस्यता खारेज भएकाको हकमा १५ दिन भित्र पुन: निर्णय गर्न आदेश दिएको थियो । अदालतले सदस्यता दिने/नदिनेको समुचित आधार र कारण खोली विधानको दफा ९.३ को भावना अनुकूल हुने गरी विधान सम्मत प्रकृयाबाट पुनः निर्णय गर्न आदेश दिएको थियो  । 

तर महासंघले १५ दिन भित्र र हालसम्म पनि कुनै निर्णय नगरेकोले सो विरुद्द  खारेजीमा परेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा सुनुवाई गर्दै अदालतले महासंघको साधारणसभा गर्दा रिट निवेदकलाई असर गर्ने भन्दै साधारणसभा रोक्न अन्तरिम आदेश दिएको हो । 

अब महासंघले सदस्यता खारेज भएका १८ वटा संघलाई सदस्यता दिने/नदिने विषयमा समुचित आधार र कारण खोली विधानको दफा ९.३ को भावना अनुकूल हुने गरी विधान सम्मत प्रकृयाबाट पुनः निर्णय नगरेसम्म महांसघको साधारणसभा हुन सक्ने छैन । 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img