श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह बर्खास्तीमा परेका छन् । प्रधानमन्त्री बालेन शाहले आज बिहीबार उनलाई पदमुक्त गरेका हुन्। यससंगै उनी मन्त्री बनेको १४ दिन मै बर्खास्त भएका हुन् ।
पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्। श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै पार्टीले नै उनलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । उनीमाथि श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको आरोप छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। रास्वपाको पार्टी विधानमा पदको दुरुपयोग भएको अवस्थामा पार्टी पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था गरिएको छ। सोहि अनुसार साहलाई पार्टीले फिर्ता बोलाएको हो ।












