Sunday, June 28, 2026
spot_img

डिजिटल ट्रान्सफरमेसन प्रोजेक्टबारे विश्व बैंक र सञ्चार मन्त्रीबीच छलफल

spot_img
spot_img

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एशिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेन सहितको उच्चस्तरीय प्रतिनिधिहरुबीच शिष्टाचार भेटवार्ता सम्पन्न भयो । उक्त अवसरमा आपसी सहयोगसम्बन्धी वर्तमान अवस्था तथा आगामी सहकार्यका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा निर्देशक डेभिड सिस्लेनले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्व बैंकको सहयोगमा कार्यान्वयन हुन गइरहेको ‘नेपाल: डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ मा सरकारको प्राथमिकता सम्बन्धमा चासो व्यक्त गरे । उनले सरकारले ल्याएको शासकीय सुधार सम्बन्धी कार्यसूचीको कार्यान्वयनमा पनि सो प्रोजेक्टले सहयोग पुयाउने विश्वास व्यक्त गरे । सो क्रममा नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि सूचना प्रविधि पहुँच विस्तार, डेटा व्यवस्थापन, नेपालको डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधार लगायतका क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न विश्व बैंक प्रतिवद्ध रहेको समेत जानकारी गराए ।

भेटवार्ताका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले विश्व बैंकको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै ‘नेपाल: डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयनमा तिव्रता दिइने बताए । साथै, नयाँ सरकार गठन पछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम शुरु भइसकेको बताउदै विगतभन्दा फरक तरिकाले काम गरी विभिन्न योजनामा देखिएका समस्या समाधान गर्नतर्फ केन्द्रित भई काम गर्न सरकार प्रतिवद्ध रहेको समेत जानकारी गराए ।

सो भेटघाटमा मन्त्रालयका सूचना प्रविधि महाशाखाका प्रमुख आदेश खड्का सहित परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैंकका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img