प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका छन्। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार अशिम शाहका अनुसार आज प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका हुन्।
उनका अनुसार छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन् । यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने अशिम शाहले बताएका छन्।













