Sunday, June 28, 2026
spot_img

पेट्रोलमा १७ रुपैयाँ र डिजेलमा ११ रुपैयाँसम्म मूल्य घट्न सक्ने !

spot_img
spot_img

सरकारले इन्धनमा कर घटाएसँगै अब मूल्य पनि घट्ने भएको छ । मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेसँगै अब मूल्य पनि घट्ने भएको हो ।

हाल पेट्रोलको आयातमा प्रतिलिटर करिब २५.२० रुपैयाँ भन्सार महशुल लाग्दै आएको छ । अब यसमा १२ रुपैयाँ छुट हुनेछ । अर्थात्, करिब १३ रुपैयाँ मात्रै कर लाग्नेछ ।

यसैगरी, डिजेलमा पनि हाल प्रतिलिटर १२ रुपैयाँ भन्सार महशुल लाग्दै आएकोमा अब ६ रुपैयाँ छुट हुनेछ । त्यसैगरी, मट्टितेलको आयातमा पनि हाल प्रतिलिटर १२ रुपैयाँ भन्सार लाग्दै आएकोमा अब भने ६ रुपैयाँ मात्रै लाग्नेछ ।

यस्तै, पूर्वाधार विकास करतर्फ पेट्रोल र डिजेलमा प्रतिलिटर समान १०÷१० रुपैयाँ कर लाग्दै आएकोमा अब ५÷५ रुपैयाँ मात्रै लाग्ने भएको छ । मट्टितेलमा भने पूर्वाधार विकास कर थिएन ।

यस आधारमा अब पेट्रोलको आयातमा लाग्दै आएको करमध्ये प्रतिलिटर १७ रुपैयाँ छुट हुने भएको छ भने डिजेलमा प्रतिलिटर ११ रुपैयाँ कर छुट हुनेछ । यस्तै, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ कर छुट हुने भएको छ ।

अब आयल निगमले इन्धनमा सरकारबाट कर छुट भए बराबर नै मूल्य घटाउन सक्नेछ । यदि निगमले कर छुट बराबर नै मूल्य घटाएमा हालको मूल्यभन्दा पेट्रोल प्रतिलिटर १७ रुपैयाँ, डिजेल प्रतिलिटर ११ रुपैयाँ र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ सस्तो हुनेछ ।

तर, अन्तर्राष्ट्रिय मूल्य घटबढ र ढुवानी शुल्क वृद्धि जस्ता कुराले मूल्यमा प्रभाव पार्ने हुँदा सरकारबाट प्राप्त कर छुट बराबरकै मूल्य घट्न नसक्ने अवस्था पनि आउन सक्ने अधिकारीहरु बताउँछन् । अहिले नै घाटामा बेच्नुपरिरहेको हुनाले मूल्य घटाउन सक्ने सम्भावना भने न्यून रहेको निगमका अधिकारीहरुको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...
spot_img