Sunday, June 28, 2026
spot_img

आवश्यक परे सवारीसाधनमा जोर बिजोर नियम लगाउने सरकारको घोषणा

spot_img
spot_img

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनको लागि सवारीसाधनमा जोर बिजोर नियम लगाउने सक्ने संकेत गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकपछि बैठकका निर्णय सुनाउदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आवश्यक परे सवारीसाधनमा जोर बिजोर नियम लगाउने बताएकी हुन् ।

उनले सरकार आम नागरिक संगै रहेकोले यो सरकारले जनताको पीडा बुझ्ने बताइन् । पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्नको लागि सरकारले विभिन्न कदम चलिसकेको र आवश्यक परे जोर बिजोर पनि लगाउने उनले उल्लेख गरेकी हुन् ।

सरकारले पेट्रोलियम पदार्थ खपत घटाएर आपूर्ति सुनिश्चित गर्नको लागि शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ, त्यस्तै थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत गरिसकेको छ। साथै आज बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको २ थरी कर घटाएको छ। आजको मन्त्रिपरिषदले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महशुलमा ५० प्रतिशत र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले पेट्रोल/डिजेल गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्नको लागि कानूनी प्रबन्ध गर्ने घोषणा गरिसकेको छ । यसका अलावा आवश्यक परे जोर बिजोर प्रणाली लागु गर्ने सरकारले जनाएको हो।

सरकारले ऊर्जा बचत गर्न र संयमित बन्न पनि आग्रह गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...
spot_img