Sunday, June 28, 2026
spot_img

महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सांघाईद्वारा उम्मेदवारी घोषणा

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र सांघाईले उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार बिहान बिजनेश पानासँगको कुराकानीमा पूर्व उपाध्यक्षसमेत रहेका सांघाईले आफूले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने पक्का भएको बताएका हुन् ।

पूर्व अध्यक्षहरुसहित महासंघप्रति चासो राख्ने उद्योगी व्यवसायीहरुसँग छलफल र संवाद गरेर आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी निर्णय गरेको उनको भनाइ छ । ‘मैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने पक्का भयो’ उनले भने, ‘मेरो उम्मेदवारी स्वभाविक छ । तामझामका साथ घोषणा गर्नुपर्दैन, घोषणा बराबर नै छ ।’

उनले आफूलाई क–कसले समर्थन गरेका छन् भन्ने विषयमा भने अहिले मुख खोलेका छैनन् । पूर्व अध्यक्षहरु र महासंघ भित्रका गतिविधिमा चासो राख्ने सबै पक्षसँग छलफल गरेरै आफू यो निर्णयमा पुगेको उनको भनाइ छ । ‘क–कसको समर्थन छ, क–कसले मलाई अघि बढ्न अनुरोध गर्नुभयो भन्ने कुरा अहिले नै सार्वजनिक गर्नु राम्रो हुँदैन’ उनले थपे, ‘तर, सबैको सल्लाह लिएरै म अघि बढ्ने निर्णयमा पुगेको हुँ ।’

महासंघको वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष हेमराज ढकालले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...
spot_img