अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि समिति गठन गरेका छन् । डा. वाग्लेले अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिको सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख रहेका सहसचिव डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका सहसचिव महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख रहेका सहसचिव सेवन्तक पोखरेल रहेका छन्।
यो समितिले बजेटको सिद्धान्त र प्राथमिकताको मस्यौदा र बजेट वक्तव्यको मस्यौदा तयार पार्ने छ । मस्यौदालाई अर्थमन्त्रीले अन्तिम रुपमा दिनेछन् ।
बजेट आगामी जेठ १५ गते संसदमा पेश हुने छ।












