Thursday, August 27, 2026
spot_img
spot_img

शेयरबजारमा तेहोरो अंकको वृद्धि, वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल

spot_img

आज आइतबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले बढेको छ। आज नेप्से सूचक ११३.४२ अंकले बढेर २६८१.५६ को बिन्दुमा पुगेर रोकिएको छ।

आजको कारोबार सुरु भएको डेढ मिनेट मै  बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार खुलेको १ मिनेट मै बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यस पछि खुलेको बजार भने सम्हालिदै पुरा कारोबार अवधि टिकेको हो ।

आज कारोबारमा आएका ३१८ कम्पनीका ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता शेयर खरिद बिक्रिबाट १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ ४५ पैसाको कारोबार भएको छ। जस मध्ये कुमारी बैंकको सर्वाधिक ३६ करोड १० लाखको कारोबार भएको छ भने एनआईसी एशिया बैंकको २४ करोड ८१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका अधिकांश वाणिज्य बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.३५ प्रतिशत घटेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ५.७१ प्रतिशत घटेको छ । त्यस्तै लक्ष्मी लघुवित्तको शेयर मूल्य ४.६० प्रतिशत तथा नाडेप लघुवित्तको शेयर मूल्य ३.७७ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये लघुवित्त समूह बाहेकका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये वाणिज्य बैंक समूह सर्वाधिक ९.८९ प्रतिशत बढेको छ। त्यस्तै इन्भेष्टमेन्ट समूह ५.७५ प्रतिशत तथा विकास बैंक समूह ४.८७ प्रतिशत बढेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति घोषणा गर्दा बैंकहरुले २०८१ असारसम्मको ब्याज २०८१ साउनसम्ममा प्राप्त गरेमा २०८१ असार कै वित्तीय विवरणमा गणना गर्न सक्ने व्यवस्था गरेको थियो । साथै पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई सहजीकरण गरेको थियो । मौद्रिक नीतिको यिनै व्यवस्थाले वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल आएको हो।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...