साहस उर्जा लिमिटेडले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगको चैत्र १२ गतेको बैठकले कम्पनीलाई १:१ को अनुपात शतप्रतिशत हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १:१ को अनुपातमा शत प्रतिशत निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रदबाट संकलन गरेको रकम आफ्नो सहायक कम्पनी टाइम्स इनर्जीले निर्माण गरिरहेको ३४०.४२३ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्ने छ।
अब कम्पनीले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने छ। बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।












